दफा २८
वित्तीय विवरण उपलब्ध गराउनु पर्ने
: (१) सुरक्षित सदस्य संस्थाले नेपाल राष्ट्र बैङ्क समक्ष बुझाउने देहायका वित्तीय विवरणहरू नियमित रुपमा कोषलाई समेत उपलब्ध गराउनु पर्नेछ :-
(क)    सुरक्षित सदस्य संस्थाको समग्र वित्तीय अवस्था देखिने त्रैमासिक वित्तीय विवरण,
(ख)    सुरक्षित सदस्य संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन ।
(२) कोषले निक्षेप सुरक्षणको प्रयोजनका लागि उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त थप विवरण आवश्यक भएमा सम्बन्धित सुरक्षित सदस्य संस्थासँग माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम माग भएको विवरण कोषलाई उपलब्ध गराउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।